प्रधानमन्त्री सचिवालयका १८ जनाको तलब रोक्का


 


काठमाडौँ, फागुन २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत कर्मचारीको माघ महिनाको तलब रोकिएको छ ।

कर्मचारीले समयमा हाजिर नगर्ने गरेका कारण उनीहरुको तलव रोकिएको देखिएको हो । हाल सचिवालयमा सवारी चालक र पियनसमेत गरी १८ जना कार्यरत छन् ।

सचिवालयका प्रमुख स्वकीय सचिव रमेश मल्लकाअनुसार माघ महिनाको तलब नगएको बताए ।

प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा प्रमुख एवं सचिव गणेश प्रसाद पाण्डेले आफूलाई तलब रोकिएको कहीँबाट पनि गुनासो नआएको र सरकारी तलब खाने कर्मचारीहरू सिस्टममा बस्नुपर्ने बताए । यदपि उनले आफ२ तलब रोक्ने कुनै मनसाय नरहेको बताएका छन् ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्