सुन र चाँदीको मूल्य आज ह्वात्तै घट्यो


 


काठमाडौं, फागुन २ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्