माओवादी विधान अधिवेशनमा आज पनि समूहगत छलफल जारी रहने


 


काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन आज पनि जारी छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार उद्घाटन गरेको सम्मेलन भोलिसम्म चल्नेछ । प्रथम विधान अधिवेशनमा २० समूह बनाएर छलफल भइरहेको छ ।

सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदमा छलफल प्रारम्भ गरिएको छ । बुधबार अपराह्न १ बजेसम्म समूहगत छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न निर्देशन दिइएको छ ।

२० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।

बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । पार्टीलाई व्यवस्थित बनाउन आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको थियो ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्