पानी पोखरीमा चितुवा मृत फेला


 


दार्चुला, फागुन १ । जिल्ला दार्चुला शौल्यसिखर नगरपालिका ६ पुनेकोटस्थित सिचाईको लागि बनाएको पानी पोखरीमा मंगलबार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिएको प्रहरी टोलीले चितुवा मृत फेला पारेको हो ।

प्रहरी टोलीले मृत चितुवालाई चौलानी सव–डिभिजन वन कार्यालय गोकुलेश्वरको जिम्मा लगाएको जनाएको छ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्