शरणार्थी शिविरमा ८ महिने शिशुको हत्या, एक जना पक्राउ


 


झापा, फागुन १ । झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका एक व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् ।

शिविरको सेक्टर सी ४ हट नम्बर ४३२ बस्दै ाएका ५० वर्षीय पञ्जवीर घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

एसपी रेग्मीका अनुसार उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको ८ महिनाको छोरा एरित ओली धेरै रोकाएको भन्द्यै पछार्दा बालकको मृत्यु भएको थियो । उनले सुरुमा बालक धेरै रोएको भन्दै सुरुमा थप्पड हानेका थिए । त्यसपछि पनि रुन नछाडेको भन्दै उनले पछारेको र शिशु गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।

त्यसपछि शिशुलाई तत्काल उद्दार गरेर दमक अस्पताल पुर्‍याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि किओच बाल अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको एसपी रेग्मीले बताए ।

बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्