करिब ४ सय ७ किलो गाँजासहित दुई जना पक्राउ


 


‍‍‍‍‍‍‍‍‍‍‍‍‍सुनसरी, फागुन १ । बराहक्षेत्र नगरपालिका–९ राजाबासबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ६ किलो ९ सय ४० ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका–८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिकबाट प्रहरीले उक्त परिमाणको गाजासहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा १३ वटा बोरामा उक्त परिमाणको गाँजा फेला
पारी चालक सूर्य र गाडीमा सवार लक्ष्मणलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्