सरकारले बिदा नदिएपनि गृहमन्त्रीले गरे जनयुद्ध दिवस मनाउन अपिल


 


काठमाडौं, फागुन १ । उपप्रधान तथा गृहमन्त्री नारायणकाकाजी श्रेष्ठले सरकारले बिदा नदिए पनि जनयुद्ध दिवस धुमधामका साथ मनाउन अपिल गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले फागुन १ अर्थात् जनयुद्ध दिवस क्रान्तिकारीहरुको महान दिन भएकाले यसलाई उत्साहपूर्वक मनाउन अपिल गरेका हुन् ।

‘सरकारले औपचारिक रुपमा बिदा दिओस् नदिओस् आजको दिन एतिहासिक जनयुद्ध दिवस हो’ उनले भने, ‘क्रान्तिकारीहरुले, नेपाली जनताले यसलाई मनाउँछन्, मनाइरहेका छन् ।’

उनले सर्वोच्च अदालतले जनयुद्ध दिवस मनाउन सरकारले दिएको बिदालाई रोक लगाएको बताए ।

सरकारले फेरि अर्को निर्णयबाट राष्ट्रिय उत्सवका रुपमा जनयुद्ध दिवस मनाउने व्यवस्था गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्