स्रोत नखुलेको ७ किलो काचो सुनसहित एक भारतीय नागरिक पक्राउ


 


कास्की, फागुन १ । पोखराको मोहिरियाबाट प्रहरीले एक भारतीय नागरिकलाई स्रोत नखुलेको सुनचाँदी र नगदसहित पक्राउ गरेको छ ।

प्रहरीले भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर–११ घर भई पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिकलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट स्रोत नखुलेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम, चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रूपैयाँ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भौमिकले संचालन गरेको उक्त ज्वेलर्सबाट स्रोत खुलाउन नसकेको उक्त गहना र नगद बरदमद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्