‘सई हुँ’ भन्दै ठगेको आरोपमा एक महिला पक्राउ


 


काठमाडौं, फागुन १ । प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त थानकोटको टोलीले बैतडी जिल्ला पुर्चौडी नगरपालिका ६ घर भई काठमाडौं १४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार साउँदले प्रहरी सहायक निरीक्षकबाट बढुवा भएर प्रहरी नायब निरीक्षकमा बढुवा भएकौ भन्दै राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै १ लाख ५० हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनको साथबाट प्रहरी सहायक निरीक्षकको फुलीसहितको वर्किङ ड्रेस सेट, सिमकार्ड बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको वृत्तले जनाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्