माओवादीको नाममा चन्दा आतंक मच्चाउने दुई जना पक्राउ


 


विराटनगर, फागुन १ । धम्की दिएर चन्दा असुली गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरील्े मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाउने इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँ भिमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका( १ का ३० वर्षीय विपिन अधिकारीलाई पक्राउ परेको हो ।

यो समूहले पछिल्लो केही समय यता नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० को नाममा शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्याइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक ९एसपी० दीपक पोखरेलले जानकारी दिए ।

विराटनगर महानगरपालिका( ३ मा नेपाली सेनाले डिस्पोज गरेको शंकास्पद वस्तु पनि दुई व्यक्तिले राखेको खुलेको उनले बताए ।

नेपाल कम्युनिट पार्टी ९माओवादी०को महासचिव महावीरको नाममा यो समूहले शैक्षिक संस्थाहरुमा चन्दाका लागि चिट्ठी पठाएको चन्दा नदिए बम विष्टफोट गराउने धम्कीसमेत दिने गरेको थियो ।

प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्री र रहयोग रसिद ठेली पनि फेला परेको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्