विराटनगरमा शंकास्पद वस्तु भेटियो, दुई जना पक्राउ


 


विराटनगर, फागुन १ । विराटनगरमा शंकास्पद वस्तु भेटिएको छ ।

विराटनगर महानगरपालिका(३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय नजिक प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । शंकास्पद वस्तु भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यस कार्यमा संरग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जनाएको छ । यद्यपि प्रहरीले पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्