सुनको मूल्य घट्यो, चाँदीको स्थिर


 


काठमाडौं, फागुन १ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्