मकैबारीबाट १ सय १८ किलो गाँजा बरामद


 


सुनसरी, माघ २९ । भोक्राहा नर्सिङ गाउँपालिका–८ सोनियामोडस्थित मकैबारीबाट अवैध लागूऔषध गाँजा १ सय १८ किलो आइतबार राति प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी लगायतबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्