चार पालिकाले गरे अदालतको अवज्ञा, ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा


 


काठमाडौँ, माघ २९ । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै देशका विभिन्न चार वटा पालिकाहरूले सार्वजनिक रूपमै जनयुद्ध दिवस मनाउने भन्द्यै सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

कालिकोटको पचालझरना गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र डोल्पाको मुड्केचुल्ला गाउँपालिका र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते बिदाको घोषणा गरेका छन् । यी पालिकाहरूले सार्वजनिक सुचना नै जारी गरेर जनयुद्ध दिवस मनाउने घोषणा गरेका छन् ।

बिदा दिने चार मध्ये तीन वटा पालिकाको नेतृत्व माओवादीले गरेको छ भने एक पालिकाको नेतृत्व नेपाली कांग्रेसको छ ।

सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्