चौधरीलाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीश आचार्यलाई मुगु पठाइयो


 


काठमाडौं, माघ २९ । बाँसवारी छाला जुत्ता कारखानाको जग्गा विवादमा पक्राउ परेका व्यवसायी अरूणकुमार चौधरीसहित ३ जनालाई थुनामुक्त गराउन आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु पठाइएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई मुगु जिल्ला अदालतमा काजमा पठाउने निर्णय गरेका हुन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश आचार्यले माघ २२ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को हिरासतमा रहेका चौधरीलगायतलाई २ दिनभित्र अनुसन्धान सक्न वा थुनामुक्त गराउन आदेश दिएका थिए। यस आदेशलाई लिएर न्यायालयको आलोचना भएको थियो ।

सीआईबीले माघ १८ गते चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्