यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो


 


काठमाडौँ, माघ २३ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलेर दुर्व्यवहार गरिएको छ ।

क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ ।

पछिल्लो समय लाइसेन्स वितरणमा ठूलो घोटाला भएको विषय बाहिरिएपछि अख्तियारले समेत छानबिन गरिरहेको छ ।

प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्