काठमाडौंमा दुई किशोरीमाथि छुरा प्रहार


 


काठमाडौँ, माघ २९ । काठमाडौँको मैतीदेवीमा दुई जना किशोरीमाथि छुरा प्रहार गरेको छ ।

छुरा प्रहारबाट ललितपुरकी शान्ति भण्डारी र गोरखा घर भएकी विमला बयलकोटी घाइते भएका छन् ।

भारतको राजस्थान घर भएर मैतीदेवी बस्ने युवकले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार शान्तिको टाउकोमा र विमलाको घाँटीमा चोट लागेको छ ।

घटना माघ २४ गतेको भए पनि प्रहरीले घटनाबारे सार्वजनिक गरेको छैन । छुरा प्रहारमा संलग्न युवक भारतबाट आएको र विवाद भएपछि छुरा प्रहार गरेर भागेको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीका अनुसार घटना युवकको कोठामा भएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्