एमाले महासचिव पोखरेल चढेको गाडी दैलेखमा दुर्घटना


 


काठमाडौँ, माघ २८ । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेल चढेको गाडी दैलेखमा दुर्घटना भएको छ ।

महासचिव सवार म।१ च ३६९ नम्बरको स्कोर्पियो शनिबार डुंगेश्वर गाउँपालिका–१ स्थित चुप्रामा पल्टिएको हो ।

दुर्घटनामा परेर नेकपा एमालेकी प्रदेश उप–सचिव पद्मा खड्का सामान्य घाइते भएकी छन् । खड्काको हातमा चोट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एकजना अधिकृतले बताए ।

उनका अनुसार महासचिव पोख्रल भने सकुशल छन् । सुर्खेतबाट दैलेख सदरमुकाम तर्फ जाँदै गरेको गाडी सडकमा पल्टिएको थियो ।

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्