अरुण चौधरी छाड्ने अदालतको आदेशप्रति प्रश्न उठेको छ : गृहमन्त्री श्रेष्ठ


 


काठमाडौं, माघ २८ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई छोड्ने अदालतको आदे्माथि अहिले प्रश्न उठेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले रिहा गर्न अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै यस्तो बताएका हुन् ।

अदालतले म्याद तोकेर २ दिनभित्र छाडिदेऊ भनेको न्यायिक इतिहासमा नै पहिलो भएको समेत जिकिर गरे ।

यद्यपि उजले अदालतले गरेको निर्णय ठीक वा बेठीक जे भए पनि आफूहरुले हस्तक्षेप गर्न नमिल्ने भएकाले त्यसको कार्यान्वयन गर्ने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले अदालतले छाड्ने आदेश दिए पनि आफूहरुले मुद्दा नछाडेको र अगाडि बढ्ने बताए ।

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्