माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु


 


काठमाडौं, माघ २८ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक राष्ट्रिय सभा गृहमा सुरु भएको छ ।

पार्टीको फागुन पहिलो साता सम्पन्न हुने विधान सम्मेलनको तयारी र चार महिने माओवादी रुपान्तरण अभियानको समीक्षालगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।

माओवादीको केन्द्रीय समिति बैठक सोमबारसम्म बस्ने छ । मंगलबारदेखि तीन दिनसम्म माओवादी केन्द्रको विधान सम्मेलन काठमाडौँमा सम्पन्न हुने जनाइएको छ ।

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्