रसियन सेनामा रहेका नेपालीको अविलम्ब उद्धार गर्न महामन्त्री शर्माकाे माग


 


काठमाडौँ, माघ २८ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रसियन सेनामा रहेका नेपालीहरूको अविलम्ब उद्धार गर्न माग गरेका छन् ।

आज प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका हुन् ।

त्यसक्रममा उनले आफूले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको तर संसद् बैठकमा बोले पनि सुनुवाइ नभएको बताए ।

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्