निगमलाई ११ अर्ब ३१ करोडमा वाइड बडी बेच्ने प्रस्ताव


 


काठमाडौं, पुस ११
अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुई थान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ।

अमेरिकी उड्डयन सहयोग कमपनी ‘एएआर कर्पोरेसन’ ले नेपाली राष्ट्रिय ध्वजावाहक निगमलाई दुई थान ठूला आकारका ‘वाइड बडी’ जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ) का दरले उपलब्ध गराउने प्रस्ताव गरेको हो।
‘हामीलाई प्राप्त १० कम्पनीको प्रस्ताव मूल्यांकन गर्दा एएआरको प्रस्ताव सबैभन्दा सस्तो रहेछ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने, ‘प्रतिजहाज १० करोड ४८ लाख डलरको प्रस्ताव सन् २०१६ को बजार भाउअनुसार रहेको एएआरले उल्लेख गरेको छ।’

निगमलाई २ सय ५० देखि २ सय ८० सिटसम्मको ुए३३०(२००ु सिरिजका दुईथान वाइड बडी बिक्री गर्न गत कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए। आजको नागरिक दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: ११ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्