चन्द्रागिरीबाट जुवातास खेलिरहेका ६ जना पक्राउ


 


काठमाडौं, माघ २८ । चन्द्रागिरी नगरपालिका–७ इट्टाखेल बस्ने तिलक बहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

सोही नगरपालिका–७ बस्ने ३७ वर्षीय कृष्ण बहादुर अधिकारी समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ६६ हजार ४ सय ५० रूपैयाँ र ३ बुक तास पनि बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्