कटुवा पेस्तोलसहित एक जना पक्राउ


 


सिरहा, माघ २८ । सिरहा नगरपालिका–७ स्थितबाट कटुवा पेस्तोल १ थानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

औरही गाउँपालिका–४ कमलपुर घर भएका २० वर्षीय सरोज कुमार यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका–३ का २२ वर्षीय संजित कुमार यादवसँग विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको पेस्तोल बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्