संघीयता कार्यान्वयनपछि गैरकानुनी सम्पत्ति आर्जनका उजुरी बढे : प्रमुख आयुक्त


 


काठमाडौँ, माघ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष प्रेमकुमार राईले संघीयता कार्यान्वयनपछि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी बढेको बताएका छन् ।

आज अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले तीन तहकै सरकारमा उल्लेख्य संख्यामा उजुरीहरू परेको बताएका हुन् ।

देशमा सुशासनको अवस्थामा अपेक्षित सुधार हुन नसकेको गुनासो समेत रहेको भन्दै उनले भने, ‘संघीयता कार्यान्वयनपछि सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्नेसम्बन्धी उल्लेख्य संख्यामा उजुरीहरू आयोगमा पर्ने गरेका छन् ।

बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अबण्डा रकम राखी आर्थिक वर्षको बीचमा बाँडफाँट गर्ने, मिलेमतोमा आयोजना छनौट गर्ने, कार्यक्रम सञ्चालन नगरी भुक्तानी लिने/दिने, आफूलाई तोकिएको कार्य समयमै पूरा नगर्ने, जिम्मेवारी र जवाफदेहिता नलिने, निर्णय नगरी थन्काएर राख्ने जस्ता प्रवृत्तिहरू देखिएको पनि उनले बताए ।

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्