भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


 


काठमाडौं, माघ २८ । भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार बेलुकी सवा ६ बजे सुर्यविनायक नगरपालिका–१० पलासेमा बा २ ख ९४५४ नम्बरको बस र बा ७८ प ३१५५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक काभ्रेको धुलिखेल नगरपालिका–७ का ५४ वर्षीय मुकुन्द प्रसाद तिमल्सिनाको मृत्यु भएको हो ।

भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मध्यपुर अस्पतालमा राति साढे ८ बजे मृत्यु भएको थियो ।

दुर्घटनापछि प्रहरीले बस चालक दोलखाको भीमेश्वर नगरपालिका७ घर भई हाल काभ्रे बस्ने ३५ वर्षीय देहेन्द्र सिंह बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्