माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै


 


काठमाडौं, माघ २८ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ ।

दुई दिनसम्म बस्ने बैठक राष्ट्रिय सभागृहमा सुरु हुँदैछ । बैठकमा चार महिने रुपान्तरण अभियानलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा र छलफल हुने उनले माओवादी केन्द्रले जनाएको छ ।

साथै, समसामयिक राजनीति र १ फागुनदेखि सुरू हुने विधान सम्मेलनबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्