साताको पहिलो दिन घट्यो सुनको मूल्य


 


काठमाडौं, माघ २८ । साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन गत शुक्रबार प्रतितोला एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्