माओवादी केन्द्रको केन्द्रीय समिति १५१ सदस्यीय बनाउने सहमति


 


काठमाडौँ, माघ २७ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति गरेको छ ।

शुक्रबार र शनिबार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले यो प्रस्तावमा सहमति गरेको हो ।

पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरुलाई दिएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

आगामी फागुन १, २ र ३ गते बोलाइको सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो।

बैठकमा नेताहरुले पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्