बर्तमान सरकारले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्छ : ज्ञवाली

काठमाडौँ, माघ २७ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप कुमार ज्ञवालीले बर्तमान सरकारले सत्ता र कुर्सीका लागि जस्तोसुकै सम्झौता गर्ने गरिरहेको बताएका छन् ।

कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनको काठमाडौँमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो आरोप लगाएका हुन् ।

उनले समृद्ध नेपाल सुखी नेपालीको महान् लक्ष्य पूरा हुन नदिने प्रमुख शत्रु नै वर्तमान गठबन्धन सरकार रहेको बताए।

प्रचण्ड नेतृत्वको सरकारकै असफलताका कारण देशका हरेक क्षेत्रमा निराशा बढ्दै गएको अरोप उनले लगाए ।

चालु आर्थिक वर्षको श्रावणदेखि आन्तरिक ऋण लिएर कर्मचारीलाई तलब खुवाउन  थालेको सरकारले अहिलेसम्म १ खर्ब ४७ अर्ब आन्तरिक ऋण निकलिसकेको उनको भनाइ छ ।

‘आर्थिक, कूटनीतिक, सुशासन कायम गर्ने, नागरिकमा आशा जगाउने, रोजगारी सृजना गर्ने देखि बहुआयामीक क्षेत्रमा गठबन्धन सरकार असफल बन्दै गएको छ’ उनले भने  ‘यसरी फेरीपनि प्रचण्ड जि कुर्चीमा टाँसिएर मात्रै बस्ने हो भने देश थप बर्बादिमा जाने बाहेक कुनै उपलब्धि देखिँदैन ।’

नेता ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकाले कर्णालीको हिल्सालाई अन्तर्राष्ट्रिय नाकाका रुपमा विकास गर्ने, कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा बढाउने काम भएको जानकारी दिए ।

कर्णालीलाई कसरी माथि उठाउने हो भन्ने एजेण्डा यो सरकारको प्राथमिकतामा नभएको उनले बताए । त्यसैलेपनि कर्णालीको समग्र विकासका लागि एमालेको विकल्प नरहेको उनको भनाइ छ ।

पार्टी स्कुल विभागका प्रमुख तथा उपमहासचिव प्रदीप कुमार ज्ञवालीले पार्टीको समग्र संरचना भित्र  सम्पर्क मञ्च र सम्पर्क कमिटीहरू पार्टीको रिजर्भ फोर्सका रुपमा रहेको जानकारी दिए ।

प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्