समाजिक कुरीतिविरुद्ध धामीझाँक्री


 


काठमाडौं, पुस ११
वैतडीमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवा नै सक्रिय हुन थालेका छन्।

विभिन्न संघसंस्थाबाट तालिम पाएपछि धामीझाँक्री, ज्योतिष, पण्डितलगायतले कुरीति र सामाजिक विभेदविरुद्ध सक्रिय हुने प्रतिवद्धता जनाएका हुन्।

कुनै बेला विरामीलाई आफैंले निको बनाउने दाबी गर्ने धामीझाक्री अहिले अस्पताल जान सल्लाह दिन्छन्। लामो समय धामीका रुपमा काम गरेका देहीमाण्डौका गगनसिंह भण्डारीले अचेल बाल विवाह नगर्न सुझाब दिने गरेका छन्। यसअघि उनी आफैं बालविवाह गर्न प्रेरित गर्थे।
‘उमेर नपुगी विवाह गर्दा हुने असर र कानुनी प्रक्रियाबारे जानकारी भएपछि अरुलाई सचेत बनाउने गरेको छु’ उनले भने, ‘मैले भनेको सबैले मान्छन्, विरामीलाई अचेल छिटो अस्पताल लैजाउ भन्छु अनि बालविवाह रोक्ने काम पनि गरिरहेको छु।
अहिले यहाँका धार्मिक अगुवाहरु समेत संगठीत रुपमा सामाजिक कुरीति रोक्न सक्रिय छन्। आजको नयाँ पत्रिका दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: ११ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्