क्यानाडाले नेपाललाई दियो २८६ रनको लक्ष्य


 


काठमाडौँ, माघ २७ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा क्यानाडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो ।

क्यानाडाका लागि आरोन जोनसन ६५, नवनित धलिवाल ४६ रन, पर्गत सिंह ३८ रन र निकोलास किर्टोन २० रन बनाए आउट भए । दिलप्रित वाजवाले १९ रन जोडे । श्रेयाश मोभाले ४० रन जोडे ।

नेपालका लागि कप्तान रोहित पौडेलले २, कुशल मल्लले २ तथा सोमपाल कामी, पवन सर्राफ, सूर्य तामाङ र आकाश चन्दले १-१ विकेट हात पारे ।

नेपालले पछिल्लो खेलबाट आज टोलीमा ३ परिवर्तन गरेको छ । आकाश चन्दले डेब्यु पाउँदा अनिल शाह र देव खनाल टोलीमा छन् ।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी, आकाश चन्द

प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्