विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल


 


काठमाडौँ, माघ २६ । निर्वाचन आयोगले अगामी चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदानको अधिकारी दिने विषयमा छलफल गरेको छ ।

आयोगले शुक्रवार विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा कार्यविधिबारे सर्वदलीय बैठक बोलाएको थियो ।

२०८४ मा हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने गरी त्यसको तयारी तीव्र रुपमा अगाडि बढेको आयोगले जनाएको छ ।

विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने बताइएको छ ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्