रुससँगको बन्दी आदान प्रदानमा १०० युक्रेनी स्वदेश फर्किए


 


सेवा व्यक्तिहरू रूससँगको नयाँ कैदी आदान प्रदान प्रक्रिया अन्तर्गत १०० युक्रेनी सुरक्षाकर्मी घर फर्केको युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले बिहीबार जनाएको छ ।

स्वदेश फिर्ता गरिएकामध्ये ८० भन्दा बढी मारिउपुल सहर र अजोभस्टल स्टिल प्लान्ट संरक्षणका लागि लडेका सैनिकहरू रहेका छन् ।

यसबाहेक, डोनेट्स्क र लुहान्स्कमा लडाइँमा भाग लिने सिपाहीहरूलाई पनि बन्दी आदानप्रदान अन्तर्गत रिहा गरिएको छ ।

मुक्त भएकामध्ये कम्तीमा २८ जना गम्भीर घाइते भएका र गम्भीर रोगबाट पीडित रहेको छन् ।

युक्रेन र रूसबीच सन् २०२२ मार्चपछि ५१ पटक बन्दी आदानप्रदान भएको र यसअन्तर्गत रूस–युक्रेन द्वन्द्वमा बन्दी बनाइएका कूल तीन हजार १३५ युक्रेनीमध्ये धेरैलाई रिहा गरिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्