कोशीमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कार्की, को–को बन्दैछन् मन्त्री ?


 


काठमाडौं, माघ २६ । कोही प्रदे्का मुख्यमन्त्री केदार कार्कीले शुक्रबार प्रदेश सरकार विस्तार गर्ने भएका छन् ।

मुख्यमन्त्री नियुक्त भएको चार महिनापछि कार्कीले चार जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले दलीय सहमति हुन नसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिरहेका छैनन् ।

प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउने तयारी भएको छ ।

जानकारी अनुसार नयाँ थप हुने मन्त्रीहरूमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार ( स्वास्थ्य, रामकुमार खत्री ( कृषि उद्योग तथा सहकारी र इन्दिरा थापा ( स्वास्थ्य राज्यमन्त्री बन्ने छन् ।​

यस्तै, नेकपा माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की ( सामाजिक र नारायण बुर्जा मगरलाई खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्री बनाउने तयारी छ ।

हाल प्रदेश सरकारमा कांग्रेसबाट शम्शेर राई आन्तरिक मामिला तथा कानून, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्