अध्यागमन अधिकृतमाथि हातपात गर्ने प्रहरीको निलम्बन रोकियो, अन्यत्र सरुवा


 


काठमाडौं, माघ २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका अधिकृतमाथि हातपात गर्ने प्रहरी अधिकारीहरुको सरुवा गरिएको छ ।

गृह मन्त्रालयको छानबिन समितिले निलम्बन सिफारिस गरेको असई सञ्जय तामाङ र दुई जवानको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी स्रोतले जनाएको छ ।

माघ १२ मा चेकजाँच गर्ने क्रममा विवाद हुँदा प्रहरी र कर्मचारीबीच हातपातको अवस्था सिर्जना भएको थियो ।

घटनाको छानबीन गर्न सहसचिव थानेश्वर न्यौपाने संयोजकत्वको समिति गठन गरिएको थियो । सो समितिले घटनामा संलग्न प्रहरीलाई निलम्बन सिफारिस गरेको थियो । तर, समितिको निर्देशन बेवास्ता गर्दै ती प्रहरी अधिकारीको सरुवा गरिएको हो ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्