टहरोमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु


 


ललितपुर, माघ २६ । गोदावरी नगरपालिका–११ बुलुपार्कस्थित टहरोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार राति टहरोमा आगलागी हुँदा जलेर ६५ वर्षीय कान्छा महर्जनको मृत्यु भएको हो । आगलागीबाट टहरो समेत पूर्णरूपमा क्षति भएको छ ।

घटनास्थलमा प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्