जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ


 


हुम्ला, माघ २६ । हुम्लाको अदानचुली गाउँपालिकामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

सोही गाउँपालिकाको वडा नम्बर घ् गोरपाली बस्ने २० वर्षीय हर्क बुमीलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

बुमीले ती महिलालाई सोही गाउँपालिका–४ स्थित रिल्मा वनमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्