बालिका बलात्कार आरोपमा भोजपुरमा एकजना पक्राउ


 


काठमाडौं, माघ २६ । भोजपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भोजपुर नगरपालिका–१२ टक्सार बस्ने ३३ वर्षीय बलबहादुर श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले ती बालिकालाई मंसिर ९ गते सोही ठाउँस्थित सल्लाघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि सोही आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्