नागरिक लगानी कोषले कमायो ६ महिनामा ५४ करोड ६० लाख नाफा


 


काठमाडौं, माघ २६ । नागरिक लगानी कोषले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ५४ करो ६० लाख रुपैयाँ भन्दा बढी रुप्ैयाँ नाफ कमाएको छ ।

गत वर्ष ५१ करोड ३२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५४ करोड ६० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।

दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कोषले यस वर्ष कम्पनीको खुद नाफा गत वर्षभन्दा ६ दशमलव ३८ प्रतिशत बढी भएको जानकारी दिएको छ ।

यस वर्ष कम्पनीको कुल आम्दानी करिब ११ प्रतिशत बढी र कुल खर्च ३१ प्रतिशत बढी भएको हो ।

गत वर्ष ८३ करोड ४३ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ९२ करोड ४५ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो ।

त्यस्तै गत वर्ष १५ करोड रूपैयाँभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष १९ करोड ६५ लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रूपैइाँ रहेको छ । २५ प्रतिशत बोनस शेयरमार्फत कम्पनीले पूँजी बढाएको हो ।

कम्पनीको जगेडा कोष रकम गत वर्ष १५ अर्ब ३३ करोड रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष २४ अर्ब ४१ करोड रूपैयाँभन्दा बढी कायम भएको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीले २३ करोड ५० लाख रूपैयाँभन्दा बढी लगानी गरेको जनाएको छ ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्