अाजकाे राशिफल


 


अाज मिति २०७३ साल पुस ११ गते साेमबार तदनुरूप सन् २०१६ डिसेम्बर २६ । कृष्ण पक्षकाे द्वाद्शी तिथी । तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस् ,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको प्रस्ताब आउनेछ । काममा सहयोग गर्नेहरु प्रशस्त भेटिनेछन । मनग्य धन आर्जन कमाउने अवसर मिल्नेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ब्यापार ब्यबसायबाट सोचे भन्दा बढी फाइदा हुनेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । लेनदेनमा विवाद बढ्ने हुनाले टाढा रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । काममा बिभिन्न अवसरहरु प्राप्त हुनेछ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । मन प्रसन्न रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलीको प्रभाब बढ्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा बर्चस्व बढाउन सकिनेछ । सामाजिक नाम र प्रतिष्ठा कमाउने बेला छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । कमजोरीले चिन्ता बढाउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सद्भाव बढ्नेछ । रमाइलो यात्राको अवसर मिल्नेछ । पुराना समस्याको समाधान हुनेछ । स्वास्थ्यमा भने केहि समस्या देखिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । सोचे भन्दा खर्च बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । विवाद बढ्ने हुँदा बोल्दा विचार पुर्याउनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । साथीभाईको सहयोगमा काम गर्ने समय छ । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पढाई लेखाइमा प्रगति हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन, सचेत रहनुहोला ।

प्रकाशित मिति: ११ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्