माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


 


काठमाडौं, माघ २६ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्नेगरी बैठक डाकिएको हो । भोलिसम्म बस्ने बैठकमा विधान मस्यौदाबारे छलफल हुने जनाइएको छ ।

यसअघि पुस २८ गते बसेको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।

स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक बोलाउने माओवादीको तयारी छ ।

पार्टीको विधानअनुसार केन्द्रीय कमिटीले अन्तिमरुप दिएपछि मात्रै विधान पारित हुने व्यवस्था छ ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्