सुनको मूल्य आज सामान्य बढ्यो


 


काठमाडौं, माघ २६ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्