भोजपुर बजार बस, ट्याक्सी र ट्याक्टरले घेराउ, अनिश्चितकालिन यातायात बन्द


 


भाेजपुर, पुस १०

यात्रुबाहक बसका सञ्चालकलाई कुटपिट गरेको आरोपमा अाइतबार भोजपुर बजार बस, ट्याक्सी र ट्याक्टरले घेराउ गरिएको छ । शनिबार धरानबाट भोजपुर आउँदै गरेको ना ४ ख ७३१७ नं.को यात्रुबाहक बसका सञ्चालक पर्वत तामाङ्गलाई बिना कारण तिवारीभन्जाङ्ग गाविसका गौतम राई सहितको १५ जनाको टोलीले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

कुटपिट गरेकाे अाराेपमा उनीहरुलाई पक्राउ गरी भोजपुर जिल्ला प्रहरी कार्यलयमा ल्याएपनि उल्टै प्रहरी प्रसाशनबाट पीडकलाई प्रशय दिने काम भएको संयुक्त बस व्यवसायीको आरोप छ ।

अाइतबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले घट्नामा संलग्नलाई कानुनी कार्वाही नगरिए अाइतबार (अाज) रातभरी भोजपुर सदरमुकाम सवारी साधनले घेराउ र भोलीदेखी अनिश्चितकालिन यातायात बन्द गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति: १० पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्