माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा


 


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्न लागेको हो ।

बैठक आज र भोलि बस्नेछ । स्थायी कमिटीमा विधानबारे छलफल हुने बताइएको छ ।

विधान सम्मेलनअघि बैठक बस्न लागेको हो । माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक पनि बस्नेछ ।

बैठक राष्ट्रियसभा गृहमा बस्ने तयारी छ । उक्त बैठकमा पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा हुनेछ ।

माओवादीको विधान सम्मेलन फागुन १–३ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुने बताइएको छ ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्