म्यानमारमा नेपाली बेचबिखनमा चिनियाँ सक्रिय


 


काठमाडौँ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालादेखि नेपालमा चिनियाँहरुको उपस्थिति बढ्दै गएको छ । उनीहरुको उपस्थितिमात्र नभएर अधिकांश अपराधिक गतिविधिहरुमा पनि सक्रियता बढाएका छन् । यसअघि सयौँ चिनियाँहरु अपराधिक गतिविधिमा संलग्‍न भएको पाइएपछि पक्राउ गरिएको थियो ।

चिनियाँ सत्ताको दबाबमा यसरी अपराधिक गतिविधिहरुमा सक्रिय भएकाहरुलाई स्वदेश फिर्तासमेत गरिएको थियो । यसरी कुनै सजायबिना नै अपराधिक उन्मुक्ति पाएपछि अपराधका घटनामा संलग्‍नता थप बढेको तथ्यांकले देखाएको छ ।

चिनियाँ सुन तस्करहरुले पनि नेपाललाई आधार क्षेत्र बनाएको पाइएको छ । नेपालमा अपराधिक घटनामा संलग्‍न चिनियाँहरु अवैधरुपमा भारतसमेत प्रवेश गरिरहेका छन् । यसरी अवैधरुपमा भारत प्रवेश गर्न लागेका १५ चिनियाँ नागरिकहरु भारतीय सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । उनीहरुमध्ये केहीको साथमा नेपाली नागरिकता र अन्य कागजाहरुसमेत फेला परेका छन् ।

नेपाल र भारतमा गैरकानुनी काम गर्न धेरै चिनियाँले नेपाली नागरिकताको नक्कली प्रमाणपत्र र राहदानी तयार पारेकासमेत खुलेको छ । सुन तस्करी मुद्दामा नेपाल प्रहरीले पक्राउ गरेका करिब १० चिनियाँले पनि मणिपुरबाट नक्कली भारतीय आधार कार्ड बनाएको पाइएको छ । उनीहरू नेपालमा सुन तस्करी र अन्य अपराधमा संलग्न भएको खुलेको छ । चिनियाँहरूले स्थानीय अधिकारीहरूलाई घुस दिएर उत्तरी क्षेत्र (हिमाल) बाट नेपाली नागरिकताको नक्कली कागजात तयार गर्दैछन् । यस्ता चिनियाँहरूले आगामी वर्षहरूमा उत्तरी क्षेत्रको जनसांख्यिकी परिवर्तन गर्न सक्नेभन्दै जोखिम बढेको छ ।

यसरी गैरकानूनी चिनियाँहरूले नेपाली कागजपत्रसहित भारतका विभिन्न क्षेत्रमा सरकारी सेवा लगायत भारतका विभिन्न क्षेत्रमा रोजगारी खोजि गरिरहेकोसमेत पाइएको छ । भारतले नेपालीलाई सन् १९५० को शान्ति सन्धि बमोजिम विभिन्न क्षेत्रमा रोजगारी दिने, घर निर्माण गर्न र जग्गा खरिदका लागि अनुमति दिएको छ । यसैको फाइदा उठाउँदै चिनियाँहरुले अपराधका गतिविधिहरु बढाउने गरेका छन् ।

नेपालमा चिनियाँहरु अनलाइन ठगीका गतिविधिहरूमा समेत सक्रियता बढाएका छन् । नेपालमा आर्थिक अपराधका घटनामा मात्र नभएर पछिल्लो समय अपहरण र बन्धक बनाउने काममासमेत चिनियाँहरु संलग्‍न भएको पाइएको छ। काठमाडौँ महानगरीय परिसरका अनुसार नेपालमा अपराधका घटनाहरु गरेर चिनियाँहरु खुला सीमाको दुरुपयोग गर्दै भारततर्फ जाने गरेका छन् । यसअघि काठमाडौंबाट अपहरण भएका नागरिकलाई सिन्धुपाल्चोक पुर्याइएको थियो । अपहरण गरिएकाहरुलाई प्रहरीले घाइते अवस्थामा फेला पारेको थियो ।

नेपालमा आएर चिनियाँ नागरिक अपराधमा संलग्न देखिएको अपहरणको यो पछिल्लो घटना मात्र हो। अघिल्लो वर्षको फागुन ३० गते ठमेलमको ज्याठा गल्लीमा तरबार र घरेलु हतियारसहितको चिनियाँ टोलीको भीडले एक्कासी नेपाली ट्याक्सी चालकमाथि आक्रमण गरेका थिए । २०७६ पुस महिनामा प्रहरीले अवैध रुपमा बसेका तथा आर्थिक अपराधमा संलग्न रहेको भन्दै काठमाडौँका विभिन्न स्थानमा छापा मारी एक सय २२ जना चिनियाँलाई पक्राउ गरेको थियो । विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको त्यो नै सबैभन्दा ठूलो अपरेसन हो। २०७६ भदौ १५ बैंकका एटीएम पीन ह्याक गरी रकम चोर्दै गर्दा प्रहरीले ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट पुनः अर्का एकजना चिनियाँ नागरिक समातिएका थिए ।

२०७६ मंसिर १२ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। २०७६ साउन २० गते पनि हङकङबाट आएका चिनियाँ नागरिक ली निङ ज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबैध रुपमा ल्याइएको चार किलो सुनसहित पक्राउ परे । २०७६ भदौ ८ गते जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा २ चिनियाँ नागरिक पक्राउ परे । टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेको २ चिनियाँ नागरिक काठमाडौँमा पक्राउ परेका थिए ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्