टीकापुर जग्गा प्रकरण- २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


 


काठमाडौं, माघ २५ । कैलालीको टीकापुर जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दयर गरेको छ ।

बजार क्षेत्रको ३० बिगाहा सरकारी जग्गा राजनीतिक दलका नेता, आफन्त र दलका कार्यकर्तालाई वितरण गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पञ्चायतकालमा टीकापुर क्षेत्रको ३० बिगाहा जग्गा टीकापुर विकास समितिका पदाधिकारीहरुले मनपरी वितरण गरेको भन्दै अख्तियारले लामो समयदेखि अनुसन्धान गरेको थियो ।

अनुसन्धान पूरा भएपछि पूर्वपदाधिकारीसहित जग्गा खरिद प्रक्रियामा जोडिएका व्यक्तिहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्यितारले तीनजना पूर्वअध्यक्षसहित पहिलोपल्ट जग्गा खरिद गर्ने ११० जना र दोस्रोपल्ट खरिद गर्ने १०७ जनालाई प्रतिवादी बनाएको छ ।

नगरविकास समितिका पूर्वअध्यक्षहरु नेत्रप्रसाद जोशीविरुद्ध दुई करोड १२ लाखरुपैयाँ बिगो, ललित ताम्राकार, धिजराज रेग्मीलगायत २४९ जनाविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्