एमाले अध्यक्ष ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत


 


रौतहट, माघ २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलो मालाले स्वागत गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी रौतहटको १०औं जिल्ला अधिवेशनको उद्घाटन गर्न रौतहट पुगेका अध्यक्ष ओलीलार्इ १०१ किलो मालाले स्वागत गरिएको हो ।

दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षका लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा छ ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्