६१ हजार नक्कली नोटसहित पाँच जना पक्राउ


 


काठमाडौं, माघ २५ । बाराबाट प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका-३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानीपुर गाउँपालिका-५ का सुमित साह, सन्तोष पटेल, वीरगन्ज महानगरपालिका-१० का विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव रहेका छन् ।

उनीहरूलाई जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट बुधबार पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

जितपुर बजारमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा उनीहरूलाई एक हजार दरका ६१ थान नोटसहित पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्