भेपमा सुन तस्करी प्रकरण : पूर्वसभामुख महराले दिए बयान


 


काठमाडौं, माघ २५ । विद्युतीय सिगरेट ९भेप० मा लुकाएर गरिएको तस्करी प्रकरणमा प२र्वसभामुख कृष्ण महराले बयान दिएका छन् ।

सुन छानबिन समितिले सुनका चिनियाँ तस्करसँग सम्पर्क देखिएको सन्दर्भमा माओवादी केन्द्रका नेता समेत रहेका महरालाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर बयान लिएको हो ।

उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वको समितिले बयानको लागि उनलाई बोलाएको थियो । महराले के बनायन दिए भन्ने विषय बाहिर आएको छैन ।

भेपमा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो ।

यही प्रकरणका उनका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पक्राउ गरेको थियो । उनी पुर्पक्षका लागि कारागारमा छन् चजे महरालाई कागज गराएर छाडिएको थियो ।

त्यसबेला सीआईबीसँग उनले ती चिनियाँ नागरिकसँग फलफूल व्यवसायीका रूपमा मात्र चिनजान भएको बताएका थिए ।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट ९भेप०भित्र ठूलो मात्रामा सुन लुकाएर ल्याएका थिए ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्